बालेनको प्रतिक्रियाका कारण काठमाडौंमा रोकियो भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनी

  २०८० असार १ गते ७:५२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका भित्रका चलचित्र हलमा भारतीय फिल्म ‘आदिपुरुष’को आज बिहानीको प्रदर्शनी रोकिएको छ । फिल्ममा जानकी भारतीय नारी हुन भन्ने विषयमा विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले आजको बिहानी शोलाई स्थगित गरेका छन्। फिल्म हलको छाता संस्था चलचित्र संघले काठमाडौंको हलमा प्रदर्शनी रोक्न र उपत्यका बाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले फिल्मको विषयमा दिएको प्रतिक्रियापछि उत्पन्न परिस्थितिलाई लिएर चलचित्र संघले आजै आकस्मिक बैठक समेत बोलाएको छ । बैठकमा बालेनको प्रतिक्रिया र आदिपुरुषको प्रदर्शनीको विषयमा छलफल हुने जनाइएको छ ।

महानगर प्रमुख शाहले विवादित अभिव्यक्ति भारतमा समेत नहटाएसम्म नेपालमा हिन्दी चलचित्र प्रदर्शन हुन नदिने बताएका छन् भने नेपालको सेन्सर बोर्डले भने विवादित अभिव्यक्ति हटाएर प्रदर्शनको अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.