२०८० असार १ गते १४:०६ विकासन्युज
काठमाडौं । युनिग्लोब कलेजका विद्यार्थीले ऋण लिएर ५ दिने व्यापार मेला गरेका छन् । विद्यार्थीले कलेजबाट आर्थिक ऋण लिएर जेठ २९ गतेदेखि असार १ गतेसम्म उक्त मेला सम्पन्न गरेका हुन् ।
कलेजले विद्यार्थीहरुको उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने लक्ष्यका साथ उनीहरुलाई ऋण दिएको हो । जसबाट विद्यार्थीले आफ्नो व्यापार शुरु गरेका हुन् ।
२५ वटाभन्दा धेरै स्टल राखिएको उक्त मेलामा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरु राखिएको थियो ।
यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तृत रूपमा बुझ्ने अवसर पाएका छन् । जहाँ सिकेको विषय आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरुले त यो बिजनेश आइडियालाई नै अगाडी बढाउने लक्ष्य लिए कलेजले जानकारी गराएको छ ।
शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उपस्थिति रहेको उक्त मेलामा ५ हजार जनाले अवलोकन गरेका कलेजले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.