महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल जान छाड्दै

  २०८० असार २ गते ११:१८     विकासन्युज

काठमाडौं । महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल कलेज जान छाड्दै गएका छन् । सन् २०१४ देखि २०२२ सम्ममा अक्सफोर्ड तथा क्याम्ब्रिज जस्ता विश्वका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या आधाले कम भएको छ ।

महँगो शिक्षा र विश्वविद्यालयहरुले भर्ना नीतिमा गरेको परिवर्तनका निजी क्षेत्रका विश्वविद्यालय तथा कलेजहरुको अध्ययनको विषयमा विश्वव्यापी रुपमा नै बहस सिर्जना भएको छ । धेरै धनी देशहरुका विद्यार्थी निजी कलेज तथा विश्वविद्यालय जान छाडेका छन् । धनी देशहरूको संगठन (ओईसीडी) का ३० सदस्य राष्ट्रहरूमा सन् २००० मा ८ प्रतिशतले घटेको विद्यार्थी संख्या सन् २०१८ मा आउँदा ५ प्रतिशतले घटेको छ । ती देशहरुमा आधा खर्च सरकारले बेहोर्ने गर्छ ।

अमेरिका र बेलायतमा पढ्ने विद्यार्थीको अवस्था तुलनात्मक रुपमा राम्रो
अमेरिका र बेलायतमा निजी स्कुल कलेज पढ्ने अभिजात बर्गका छोराछोरीलाई विशेष फाइदा पनि छ । त्यसमा पनि अमेरिकामा बेलायतमा भन्दा राम्रो मानिन्छ । बेलायतमा ६.५ प्रतिशत विद्यार्थीहरु निजी स्कुल पढ्छन्, अमेरिकामा भने ९ प्रतिशत विद्यार्थी निजी स्कुलमा पढ्छन् ।

बेलातको निजी स्कुलमा पढ्दा विद्यार्थीको वार्षिक खर्च २८ लाख रुपैयाँ सम्म खर्च हुन्छ । यो खर्च भनेको बेलायतको मध्यमबर्गीय परिवारको झण्डै आधा बराबर हो । त्यस्तै, सोही शिक्षामा अमेरिकामा ३७ लाख भन्दा धेरै खर्च हुन्छ । सन् २०१५ को एक अध्ययनअनुसार बेलायतमा निजी स्कुल पढ्ने कामदारहरुको आम्दानी अन्यको तुलनाममा १७ प्रतिशत बढी हुने र ४२ सालसम्मको उमेरमा २१ प्रतिशतले बढी हुने देखिएको छ ।

अहिले बेलायतमा ३४ प्रतिशत विद्यार्थीहरुले निजी कलेजमा अध्ययन गर्छन् । अहिले अक्सफोर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयलाई पहिलेको जस्तो महत्व दिईंदैन । यी विश्वविद्यालयहरुमा निजी विद्यालयहरुबाट क्रमशः ३२ र २७ प्रतिशत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । जुन विगत १० वर्षको तथ्यांकमा ४३ र ३९ प्रतिशत रहेको थियो ।

यो तथ्यांकले धनाड्य बर्गहरुको स्कुललाई धक्का लागेको देखाउँछ । अमेरिकी विश्वविद्यालयहरुले निजी विद्यालयहरुबाट आउने विद्यार्थीलाई आतिथ्यतापूर्वक स्वागत गर्ने गर्छन् । थिंक ट्यांक एजुकेसन नाममा जेम्स मर्फीले सन् २०२१ मा अमेरिकाका ३५ वटा सबैभन्दा उच्च विश्वविद्यालयको तथ्यांक जुटाएका थिए । उनको तथ्यांकअनुसार ३४ प्रतिशत विद्यार्थी मात्रै निजी विद्यालयबाट विश्वविद्यालयमा आउने गर्दथे ।

बेलायती विश्वविद्यालयहरुमा देशभित्रका सबै विद्यार्थीहरुलाई एउटै प्रकारको ट्युसन शुल्क लगाउने गरिन्छ । तर, विदेशी विद्यार्थीसँग भने धेरै लिने गरिन्छ । तर, अमेरिकाका विश्वविद्यालयहरुले भने गरिब विद्यार्थीहरुबाट न्यून शुल्क लिने गर्छन् भने क्षमतावान विद्यार्थीहरुले राम्रो कलेजमा अध्ययन गर्ने मौका पाउँछन् । एजेन्सी ।