२०८० असार ३ गते १७:२२ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) र खल्तीबीच योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा आवद्ध हुने सम्झौता भएको छ । नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलन गर्न दुई कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् ।
सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पुर्याउने छ ।
योसँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.