होटल संघबाट बंगलादेशमा पर्यटन प्रवर्धन गर्दै समझदारीपत्रमा हस्ताक्षर

  २०८० असार ७ गते १२:०२     विकासन्युज

काठमाडौं । होटल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा बुधबार ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवद्र्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् ।

सो अवसरमा सम्बोधन गर्दै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशकले , विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवद्र्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न बुधबार जुन २१ का दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।दुवै संस्थाका तर्फबाट हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन् ।

बंगलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवद्र्धन गर्न होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बंगलादेश आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.