२०८० असार ११ गते १७:०९ विकासन्युज
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले लघुवित्त विरुद्धको संघर्ष समितिका संयोजक मनिराम ज्ञवाली वार्ताबाट भागेको बताएका छन् । लघुवित्त बैंकर्स संकको पत्रकार सम्मेलनमा बोल्दै महासचिव यादवले लघुवित्त विरुद्ध अराजक गतिविधि गर्दै आएका ज्ञवालीसँग पटक–पटक छलफलका लागि बोलाएको भएपनि भाग्ने गरेको बताएका हुन् ।
नेशलन माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका यादवले लघुवित्तकर्मीहरु आफूले गरेको गल्ति स्वीकार गर्न तयार रहेको बताउँदै सुधार गर्नु पर्ने सुझावहरु ल्याउन आग्रह गरे ।
‘मनिराम ग्यवालीसँग पटक पटक छलफल तथा वार्ताका लागि बोलायौं, चितवनमा महासचिव र अरु ब्यक्तिहरु आउनु भयो तर, मनिराम जी आउनु भएन, उहाँ सम्झौता गर्नबाट भाग्नु भयो,’ उनले भने, ‘लघुवित्त बैंकर्स संघले पटक पटक छलफल र सम्झौताका लागि आह्वान गरेको भएपनी भागी रहेका छन ।’
आफ्नो स्वार्थ पूरा गर्नका लागि ज्ञवालीले लघुवित्त विरुद्धको आन्दोलन गरिरहेको उनको भनाइ छ । उनले मनिराम ज्ञवालीको आन्दोलनले गरिबलाई झन गरिब बनाएको आरोप लगाए । साथै, लघुवित्त वित्तीय संस्थाको विकल्प लघुवित्त मात्रै रहेको उनको भनाइ छ ।
‘मनिराम ज्ञवालीको आन्दोलनले गरिबलाई झनै गरिब बनाएको छ, लघुवित्तको विकल्प लघुवित्त नै हो, अरु कोही हुन सक्दैन,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Akdam kada jawab