२०८० असार २० गते १२:४० विकासन्युज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको जनाएको छ । परीक्षा बोर्डले शुक्रबारसम्म परीक्षाको नतिजा सार्वजनिक भैसक्ने र नतिजा वेबसाइट, एसएमएस र आइभिआर प्रविधिबाट हेर्न सकिने जनाएको छ ।
बोर्डले वेबसाइट, एसमएमएस र आइभिआर प्रविधिबाट नजिजा हेर्ने सुविधा प्रदान गर्नको लागि विभिन्न १९ वटा संस्थालाई अनुमति दिएको छ । जसमध्ये १४ वटाले वेबसाइटबाट नतिजा हेर्ने सुविधा प्रदान गर्नेछन् भने ५ वटाले एसएमएस र आइभिआर सेवामार्फत् नतिजा हेर्ने सुविधा प्रदान गर्नेछन् ।
एसईईको परीक्षा दिएर बसेका विद्यार्थीहरुले आफ्नो अनुकुलतामा निम्न साइट तथा माध्यमको प्रयोग गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.