२०८० असार २० गते १३:५२ विकासन्युज
काठमाडौं । आइआइएमएस कलेजका विद्यार्थीद्वारा सामाजिक क्षेत्रमा सहयोग पुर्याउन अनुसन्धानको माध्यमबाट नवीन विषयहरुको प्रस्तुती गरेका छन् । कलेजमा बिआइटी र बिएचएम अध्ययन गरिरहेका चौथो सेमेस्टरका विद्यार्थीहरुले टेलर्स विश्वविद्यालयले तोकेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो प्रदर्शन गरेका हुन् ।
वर्तमान समाजमा नयाँ ढंगले कसरी योगदान पुर्याउन सकिन्छ भन्ने खोजमा आधारित रहेर विद्यार्थीहरुले सामूहिक रुपमा नवीन खोज गरेर आफ्ना खोजहरुलाई प्रदर्शन गरेका थिए । जसमध्ये एउटा समूहले खानाको कमी भएका अथवा आवश्यक भएकाहरुलाई इच्छा भएकाहरुले जहाँसुकै बसेर खाना दिन सहयोग पुर्याउने वेबसाइट निर्माण गरेको छ । अर्को समूहले हटाउन चाहेका पुराना कपडाहरु भएका मानिसहरु र कपडाको आवश्यकता भएका मानिसहरुबीचमा पुलको काम गर्ने वेबसाइटको निर्माण गरेको छ ।
त्यस्तै, विद्यार्थीको अन्य समूहले रेष्टुरेन्टमा बचेको ताजा खाना खानाको आवश्यकता भएका मानिसहरुसम्म पुर्याउने पुलको काम गर्ने वेबसाइट, काम नलाग्ने कागजहरुलाई पुर्नप्रयोग गर्ने तरिका, शिक्षकहरुलाई आधारभूत रुपमा प्रदान गर्ने कम्प्युटर तथा उपकरण सम्बन्धी तालिम, युवतीहरुलाई लक्षित गरेर रजस्वला सम्बन्धी सचेतना कार्यक्रम विधि, योगा तथा ध्यानको लागि सहयोग पुर्याउने वेबसाइट लगायतका नवीनतम खोजहरुको प्रदर्शन गरेका थिए ।
कलेजका प्रोफेसनल अफ वर्कप्लेस तथा सामाजिक इनोभेसन प्रोजेक्टका रोजल जोशीका अनुसार विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउने उद्देश्यले विश्वविद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत सो विषयलाई कोर्षकै रुपमा राखेको हो । सो विषय अन्तर्गत विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघको दिगो विकास कार्यक्रम अन्तर्गत जोडिने आफ्नो अध्ययनकै प्रकृयामा समाजमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेबारेमा अभ्यास गर्ने गर्छन । विद्यार्थीहरुको खोज र प्रदर्शन क्षमताका आधारमा उनीहरुले विश्वविद्यालयबाट नम्बर समेत प्राप्त गर्ने जोशीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.