एसईईमा २२ हजार चारसय ७५ जना विद्यार्थीले ल्याए ए प्लस, कति विद्यार्थीको जिपिए कति ?

  २०८० असार २१ गते १६:०९     विकासन्युज

काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय ३९ विद्यार्थी मध्ये जम्मा २२ हजार चार सय ७५ जनाले मात्रै ए प्लस ल्याएको जनाएको छ ।

बोर्डका अनुसार जिपिएको आधारमा २२ सय जना विद्यार्थीले ०.८० देखि १.२० जिपिए, ३८ हजार ७७० जनाले १.२० देखि १.६० र ८८ हजार चारसय ४७ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए अंक ल्याएका छन् ।

त्यस्तै, एक लाख दुई हजार दुईसय ९३ जना विद्यार्थीले २.०० देखि २.४०, ८९ हजार तीनसय ३१ जना विद्यार्थीले २.४० देखि २.८०, ७२ हजार तीनसय ६२ जना विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ६९ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए अंक ल्याएको बोर्डले जानकारी दिएको छ ।