२०८० असार २५ गते १३:१८ विकासन्युज
काठमाडौं । पछिल्लो समयमा तिव्र गतिमा विकास हुँदै गएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले शिक्षा क्षेत्रमा ठूलो सुधार ल्याउन सक्ने अनुमान गरिएको छ । साथै एआईको प्रयोगमा वृद्धि हुँदै जाँदा धेरै संख्यामा शिक्षक समेत कटौती हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।
क्यालिफोनिर्या युनिभर्सिटीका कम्प्युटर वैज्ञानिक प्राध्यापक सटुअर्ट रसेलले जेनेभामा भएको संयुक्त राष्ट्रसंघको आर्टिफिसियल इन्टेलिजेन्स गुड ग्लोबल सम्मेलनको क्रममा एआई क्षेत्रमा भइरहेको विकासको कारणले स्कुलहरु बन्द हुने सम्भावना औंल्याएको थिए । यहाँसम्मकी शिक्षकको समेत आवश्यकता नहुनसक्छ ।
प्राध्यापक रसेल भन्छन् की च्याटजिपिटी जस्ता ट्युटरहरुसँग स्मार्टफोनको माध्यमबाट व्यक्तिगत ट्युटोरिङमार्फत शिक्षालाई उच्च गुणस्तरीय बनाउने क्षमता रहेको छ । उनका अनुसार शिक्षकले पढाउने भन्दा ट्युटोरिङ सिकाई दुईदेखि तीन गुणा बढी प्रभावकारी हुनसक्छ ।
अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयमा ट्युटर्सको उपयोग गर्ने गरिन्छ । विश्वका सबै बालबालिकाहरुको लागि ट्युटर्स प्रयोग गर्न असम्भव हुन सक्छ तर, एआईको माध्यमबाट यो कुरा सम्भव हुनसक्छ । जसले गर्दा विश्वभरका सबै विद्यार्थीहरुलाई एकै स्तरको शिक्षा प्राप्त गर्न समेत सम्भव हुनसक्छ । साथै शिक्षा क्षेत्रमा एआईको प्रवेशले शिक्षकको भूमिका पुरै निस्तेज पनि हुनसक्छ ।
तर, शिक्षा क्षेत्रमा एआईको प्रयोग शुरु पूर्व यसलाई प्रशिक्षित तथा नियन्त्रण गर्न भने जरुरी देखिन्छ । अहिलेको समयमा एआई प्रणालीको नियन्त्रण गर्ने प्रविधिमा निकै चुनौती देखिएको छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने यसको नतिजा घातमक पनि हुन सक्छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने विद्यार्थीको भविष्यमा यसले नकारात्मक स्थिति पैदा गर्न सक्छ ।
एजेन्सीको सहयोगमा ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.