२०८० असार २८ गते १२:१५ विकासन्युज
काठमाडौं । शनिबार हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन–२०८० का लागि विष्णुहरि पाण्डे समूहले आफूलाई आगामी दुई वर्षे कार्ययोजना सहित प्रस्तुत गरेको छ । पाण्डे समूहले बिहीबार काठमाडौंस्थित होटर मेरियटमा उम्मेदवार परिचय कार्यक्रमको आयोजना गरेर आफ्नो चुनावी कार्ययोजना प्रस्तुत गरेको हो ।
‘यु से वी डु’ र ‘सही व्यक्ति सही स्थान, सुदृढ र समृद्ध इक्यान’ मुख्य नारामा प्रस्तुत गरिएको कार्ययोजना तत्कालीन, प्राथमिक र दीर्घकालिन महत्वका योजनाहरु प्रस्तु गरिएको छ । पाण्डे समूहले प्रस्तुत गरेको कार्ययोजनालाई कार्यक्रममा उपस्थिति जनाएका पूर्व पदाधिकारी, सल्लाहकार तथा अन्य वक्ताहरुले प्रविधिमैत्री भएको र इक्यानको लागि आवश्यक भएको बताएका थिए ।
अधिकांश पदाधिकारी तथा शाखाको समर्थन पाण्डे समूहलाई
४६७ जना मतदाता रहेको इक्यान निर्वाचन–२०८० मा पदाधिकारी तथा सदस्य निर्वाचनको लागि चारवटा समूहले भिन्ना भिन्नै प्यानल बनाएर उम्मेदवारी प्रस्तुत गरेका छन् । बिहीबार पाण्डे समूहले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई हेर्दा अधिकांश पूर्व पदाधिकारी तथा शाखाको समर्थन सोही समूहलाई भएको देखिन्छ ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष तथा पूर्वपदाधिकारी र चितवन, झापा, पोखरा र रुपन्देहीका शाखा अध्यक्षहरुले पाण्डेको समूहलाई समर्थन जनाएका थिए । त्यस्तै, इक्यानका पूर्व अध्यक्ष राजु गुरुङले राजनैतिक रुपमा पनि सबै विचारको नेतृत्व पाण्डे समूहले गरेकाले सो समूहको नेतृत्वले विजयी गर्ने बताएका थिए ।
४६७ जना मतदाता मध्ये पाण्डे समूहले बिहीबार आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा तीन सय भन्दा धेरैको सहभागिता रहेको थियो । जसमा इक्यानका वर्तमान अध्यक्ष प्रकाश पाण्डे समेत अतिथिको रुपमा सहभागी भएर शुभकामना दिएका थिए ।
यस्तो छ, विष्णुहरि पाण्डे समूहका उम्मेदवारहरुको सूची
अध्यक्ष : विष्णुहरि पाण्डे
उपाध्यक्ष : लक्ष्मण पौडेल, भुवन बहादुर क्षेत्री र प्रकाश श्रेष्ठ
महासचिव : बासुदेव दाहाल
सचिव : शिबप्रसाद त्रिपाठी र फिलिपकुमार क्षेत्री
कोशाध्यक्ष : बिनोदकुमार सुवेदी
सह–कोशाध्यक्ष : हेमराज सिग्देल
सदस्यहरु : आशिश रायमाझी, सुरज सिलवाल, मन्जित ढकाल, सत्येन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिबप्रसाद अर्याल, सान्ताकुमार शर्मा, श्रीराम गिरी ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.