प्रस्तावित संघीय शिक्षा ऐनमा राखिएको धरौटी व्यवस्थामा इक्यानको असहमति

  २०८० साउन ११ गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले अगाडि बढाएको संघीय शिक्षा ऐनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले असहमति जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित शिक्षा ऐन २०८० को दफा ६५ को उपदफा ५ र ६ मा प्रस्ताव गरिएका व्यवस्थाप्रति इक्यानले असहमति जनाएको हो ।

इक्यानले शैक्षिक परामर्श व्यवसायीहरुलाई धरौटी राख्ने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा गरिएको भन्दै सो व्यवस्था आवश्यक नभएको जनाएको छ । त्यस्तै, इक्यानले पछिल्लो समयमा शैक्षिक परामर्श क्षेत्रमा भित्रिएको वैदेशिक लगानीले परामर्श क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै ती व्यवसायलाई नियन्त्रण गर्न कानून निर्माण गर्न माग गरेको छ ।