२०८० साउन १२ गते १९:२७ विकासन्युज
काठमाडौं । कलश स्टक मार्केट प्रालिले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ ।
उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्बरबाट ब्रोकरकोरुपमा कारोबार सञ्चालन गर्ने कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले बताए ।
कलश स्टक ब्रोकरले बुद्धनगरमा कार्यालय खोलेको छ । निकट भविष्यमा नै देशका विभिन्न स्थानमा शाखा विस्तार मार्फत सेवा प्रदान गर्ने योजना रहेको छ ।
ब्रोकरले निक्षेप सदस्यता सेवा समेत सञ्चालन गरी ग्राहकलाई छिटो छरितो एवं आकर्षक सुविधासहित कारोबार गर्ने योजना बनाएको अधिकारीले बताए ।
ब्रोकरले साउन महिना भित्रै औपचारिकरुपमा कारोबार सञ्चालन गर्ने जानकारी उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.