‘एआई’मा करिअर बनाउन चाहनुहुन्छ भने यी हुन सक्छन् उत्कृष्ट पाँच विकल्प

  २०८० साउन १३ गते १५:४३     विकासन्युज

काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने तपाईले यी मध्ये कुनै एक विकल्प रोज्न सक्नुहुन्छ। कुन क्षेत्रमा प्रवेश गर्न कस्तो योग्यता चाहिन्छ र कमाई कति हुन सक्छ भन्ने विषयमा धेरैको चासो रहेको पनि पाइन्छ ।

केही समयअघिसम्म मानिसहरूलाई एआईको बारेमा त्यति धेरै जानकारी पनि थिएन। अहिले यस्तो समय आएको छ की एआई बिना कुनै पनि काम हुँदैन । चाहे त्यो शिक्षा होस् वा जागिर। समयसँगै यसको माग बढ्दै गएको छ । सोही विषयलाई ध्यानमा राख्दै पछिल्लो समयमा धेरै विद्यार्थीहरूले करियरको विकल्पको रूपमा एआईलाई रोजिरहेका छन्। मेसिनरी सम्बन्धी सिकाइ अवधारणा अहिले धेरै पुरानो भइसकेको छ । एआईको विकाससँगै सिकाइको क्षेत्रमा स्थापित अवधारणामा पनि ठूलो रुपान्तरणको शुरुवात भएको देखिन्छ ।

यस क्षेत्रमा केहि उत्कृष्ट करिअर विकासका विकल्प रहेको देखिन्छ । सो क्षेत्रमा अध्ययन गर्नुपूर्व सो क्षेत्रका केहि विशेष विषयको बारेमा जान्न आवश्यक हुन्छ । सोही अनुसार तपाईं आफ्नो रुची र आवश्यकतालाई केन्द्रमा राखेर विषय छनोट गर्न सक्नुहुन्छ ।

मेसिन लर्निङ इन्जिनियर

यो क्षेत्रमा काम गर्नेहरु स्वचालित सफ्टवेयरको डिजाइन गर्न र बनाउन सक्ने हुन्छन् । यदि तपाइँ यस क्षेत्रको विकसित एप्लिकेसनको बारेमा बुझ्न चाहनुहुन्छ भने ती भनेका च्याटबोट, भर्चुअल असिस्टेन्ट, चालकविहीन कार, ट्राफिक भविष्यवाणी एप, आदि हुन् । समयसँगै यस प्रकारका एप्लिकेसको प्रयोग निकै बढेको छ । यो क्षेत्रमा प्रवेश गर्न तपाईंसँग कम्प्युटर विज्ञान, डाटा प्रोग्रामिंग र गणितको ज्ञान हुनुपर्छ। यो क्षेत्रको करिअरमा वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।

डाटा वैज्ञानिक

डाटा वैज्ञानिकहरुको मुख्य काम भनेको तथ्यांकको संकलन र सो सँग सम्बन्धित सुरक्षाको विषय पनि हो । यी क्षेत्रका एक्सपर्टहरुले तथ्यांकलाई विभिन्न तरिकाले प्रयोग गरेर उद्योग, व्यवसाय तथा कम्पनीको विकासका निम्ति भूमिका खेल्ने काम गर्छन् । उदाहरणको रुपमा फुड डेलिभरी एप्लिकेसनको सञ्चालनमा डाटा एक्सपर्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । यो क्षेत्रका एक्सपर्टहरुले मानिसहरुको सम्पर्क, उनीहरुको रुची, क्षमता, आवश्यकता लगायत विविध विषयमा विश्लेषण गर्ने क्षमता पनि राख्ने गर्दछन् । यो क्षेत्रमा शुरुवाती कमाई वार्षिक ५ देखि ६ लाख हुने गर्छ ।

रोबोटिक्स इन्जिनियर

नामबाटै स्पष्ट हुन्छ की रोबोटिक्स इन्जिनियरहरुले रोबोट बनाउँछन् । जुन रोबोटहरुले आजको समयमा निकै प्रकारका काम गर्ने क्षमता राख्दछन् । रोबोटहरुले कामको सन्दर्भमा मानिसले भन्दा धेरै र राम्रो काम गर्ने गरेको समेत पाइन्छ । ड्रोन त्यसैको एउटा उदाहरण हो। रोबोटिक्स इन्जिनियर बन्न कम्प्युटर इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुपर्छ । यो क्षेत्रको पेशागत करिअरमा सुरुमा वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी हुन सक्छ ।

एआई अनुसन्धान वैज्ञानिक

यी वैज्ञानिकहरुको मुख्य काम भनेकै मेसिन तथा सफ्टवेयरहरुले मानिसको काम कसरी सजिलोसँग गर्न सक्छन भनेर अनुसन्धान गर्नु हो । तिनीहरूले एल्गोरिदमहरू पनि सिर्जना गर्छन्, जसले डेटा विश्लेषण गर्न र ढाँचाहरू बुझ्न मद्दत गर्दछ। तिनीहरू स्वास्थ्य सेवा, वित्त, मार्केटिङ, बीमा र खुद्रा जस्ता क्षेत्रमा काम गर्छन्। उनीहरुको कमाई वार्षिक ७ देखि ९ लाखसम्म हुन्छ ।

एआई इन्जिनियर

यिनलाई मुख्यतया समस्या समाधानकर्ताको रुपमा चिनिन्छ । यिनीहरुले एआईका विभिन्न मोडेलहरू परीक्षण गर्छन् र आफ्नो कामलाई प्रभावकारी बनाउँछन्। तिनीहरूले मेसिन लर्निङ प्रयोग गर्छन् र काममा आउन सक्ने एआई मोडेलहरू सिर्जना गर्छन्। अहिले विश्व बजारमा नै यस्ता एक्सपर्टहरुको निकै माग बढेको छ । एआई इन्जिनियरहरुले करिअरको शुरुवातमा नै वार्षिक १० लाख भन्दा धेरै कमाउन सक्छन् । एजेन्सीको सहयोगमा ।