विश्व रुपान्तरणको युगमा रोबोटिक्स

  २०८० साउन १४ गते १०:०९     विकासन्युज

काठमाडौं । चौथो औद्योगिक क्रान्तिको चरणमा विश्व अगाडि बढीरहँदा रोबोटले विश्वव्यापी समुदाय र औद्योगिक क्षेत्रलाई रुपान्तरण गर्ने प्रकृयामा आकार प्रदान गरिरहेको छ । स्वचालित उत्पादन प्रकृयादेखि वौद्धिक रोबोटहरुको माग निकै आकाशीन पुगेको छ ।

विश्वले रोबोटिक्स विकासको सम्भावनालाई अंगालेको छ, यद्यपी यसले निम्त्याउन सक्ने चुनौतीलाई पनि सम्बोधन गर्न आवश्यक छ । चुनौतीलाई सम्बोधन गर्दै विश्व समुदायको मागलाई हेरेर अगाडि बढ्दा नै रोबोटलाई कम भन्दा कम जोखिम सहित मानव समुदायको हितमा प्रयोग गर्न सकिन्छ ।

प्रविधिको विकसित परिदृश्यमा सधैँ आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिंग्स र मेसिन लर्निङको प्रमुखताले विश्वव्यापी स्तरमा रोबोटिक्स र स्वचालनमा उल्लेखनीय प्रगतिको लागि मार्ग प्रशस्त गरेको पाइन्छ । स्वचालित र रोबोटिक्सको समायोजित प्रविधिले औद्योगिक उत्पादनको प्रकृयामा क्रान्तिकारी रुपान्तरणको अवस्था सिर्जना गरिदिएको छ ।

उदाहरणका लागि वस्तुहरुको संकलन, छनोट, प्याकेजिङ र डेलिभरीमा रोबोटले कायम गर्न सकेको गुणस्तरले यसको मागमा थप वृद्धि हुँदै गइरहेको छ । आजको दिनमा रोबोटिक्सले उत्पादनमुखी उद्योगहरु, स्वास्थ्य सेवा, गार्मेन्ट र कृषि क्षेत्रमा आफूलाई अनुकरणीय रुपमा प्रस्तुत गरेको पाइन्छ । व्यवसायहरु स्वचालित र सरलिकृत भइरहेका छन् । सभाहरुमा लाइन मिलाउनेदेखि स्वास्थ्य उपचारको क्रममा सल्यकृयामा रोबोटले अनुकरणीय प्रदर्शन गर्न सफल भएको छ, जसले गर्दा मानिसहरुलाई यसप्रतिको विश्वास र माग बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

अत्याधुकि रोबोटिक्स प्रणालीका चुनौतिहरु

रोबोटको सञ्चालनमा मुख्य समस्या भनेको यसलाई संवेदनायुक्त बनाउनु र मानिसको हात जस्तै बनाउनुसँग रहेको छ । रोबोटमा यी विषयहरुको विकास गर्न सकियो भने यसले स्वास्थ्य क्षेत्र, गार्मेन्ट क्षेत्र र उत्पादनको क्षेत्रमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

आधुनिक रोबोटिक्सको विकाससँगै उद्योगहरुलाई पनि आफ्नो नेतृत्वदायी र व्यवस्थापकीय क्षमता वृद्धिको चुनौती देखिएको छ, जसले लक्षित उद्देश्य हासिल गर्न सकियोस । सबै सरोकारवाला मानिसहरुले सामूहिक रुपमा रोबोटिक्स शिक्षाको प्रवर्द्धन गर्दै हाम्रो दैदिक जीवनमा रोबोटसँगको सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्दै इकोसिस्टम निर्माण गरेर चुनौतीको सामना गर्दै अगाडि बढ्न आवश्यक छ । एजेन्सीको सहयोगमा ।