२०८० साउन १४ गते १२:४० विकासन्युज
काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को वार्षिक कार्यक्रम ‘एनसीआईटी फेस्ट’ शनिबार भएको छ । यस अन्तर्गत स्नातक अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न गरियो ।
बालकुमारीस्थित कलेज परिसरमा भएको उक्त प्रदर्शनी कलेजको आयोजनामा भएको हो । यस वार्षिक कार्यक्रमको उद्देश्य एकेडेमिया र उद्योगबीचको अन्तर कम गर्नु रहेको छ । अन्तिम वर्षका विद्यार्थीहरूलाई भविष्य तथा आगामी जीवनबारे छलफल गर्न करियर फेयर गरियो । यसका लागि ६० बढी कम्पनीलाई बोलाइएको थियो ।
प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ५२ ओटा परियोजना राखिएको थियो । जसमा हाइकी ( इम्पावरिङ ट्रेकिङ एडभेन्चर, ई-स्वास्थ्य, डिजास्टर न्युज क्लासिफिकेसन, पी-टू-पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, सानोलगानी, होम अटोमेसन, क्लिनगभ, होस्टल फाइन्डर, क्रप रेकमेन्डेसन सिस्टम लगायतका परियोजनाहरू थिए । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो ।
यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा ५०० बढीले अवकोलन गरे । कार्यक्रममा क्लाउड फ्याक्ट्री, जब्सनिपर, नेपाल ओपेन स्रोस क्लब, भेरिस्क इन्फर्मेसन टेक्नोलोजी, लगपोइन्ट, स्विफ्ट टेक्नोलोजी आदि कम्पनीका प्रतिनिधिहरू आएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.