२०८० साउन १६ गते ११:११ विकासन्युज
काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ ।
तपाईंले एआईले त्यो तस्विर पनि बनाउन भन्न सक्नुहुन्छ, जुन कुनै पनि घट्ना, वातावरण वा पात्रसँग सम्बन्धित छैन । उदाहरणको रुपमा तपाईंले मंगल ग्रहमा टहलिँदै गरेको मान्छेको तस्विर बनाउन पनि भन्न सक्नुहुन्छ । तपाईंले एआईलाई कुनै रचनात्मक तस्विर बनाउन पनि लगाउन सक्नुहुन्छ । उदाहरणको रुपमा तपाईंले प्रशिद्ध चित्रकार पिकासोको शैलीमा कुनै प्रशिद्ध खेलाडीको तस्विर बनाउन अनुरोध गर्न सक्नुहुन्छ ।
एआईसँग अनियमित ढंगले रंगहरुको प्रयोग गरेर तस्विर निर्माृण गर्नसक्ने प्रविधि जोडिएकोछ । यसको अलावा विभिन्न वस्तुहरुको तस्विर निर्माण गर्न थोप्लाहरु र तरिकाको प्रयोग गर्न सक्छ । थोप्लाहरुको सहायताले एआईले पहिला एक सतहको निर्र्माण गर्छ र त्यसमाथि निर्देशित ढाँचासँग मिल्ने तस्विर निर्माण गर्छ । यसो गर्दा पहिलो सतह हराउन पुग्छ ।
एआईले मंगल ग्रह, अन्तरिक्षमा टहलिँदै गरेको व्यक्ति लगायतका तस्विरहरुलाई पनि फरक प्याटर्नमा राखेर नयाँ तस्विर पनि निर्माण गर्न सक्छ । जुन कुनै पनि घटनामा नभएको अलग प्रकारको तस्विर हुन्छ । एआईले अरबौं तस्विरसँग जोडिएका अरबौं प्याटर्नका आधारहरुलाई प्रयोग गरेर सो काम गर्छ ।
कलाकारहरुले हजारौं वर्षदेखि गरेको तस्विर निर्माण गर्ने काम एआईले एउटा काल्पनिक अवधारणाका आधारमा निर्माण गर्न सक्छ । पछिल्लो समयमा एआईले निर्माण गरेका तस्विरहरुको अर्थ र यसको अधिकारका सम्बन्धमा चर्चा शुरु भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.