२०८० साउन १७ गते ९:०० विकासन्युज
काठमाडौं । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १ सय मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ ।
जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या १ प्रतिशतले घटेर ७ लाख १० हजारमा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले घटेर ४ लाख ७० हजारमा झरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.