राष्ट्र बैंकका सह प्रवक्ता पोखरेलसहित ४ जना निर्देशकको सरूवा

  २०८० साउन १७ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ जना निर्देशकहरुको सरुवा गरेको छ । राष्ट्र बैंकले सहप्रवक्ता नारायण प्रसाद पोखरेलसहित ४ जना निर्देशकको सरुवा गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निर्देशकहरु नारायण प्रसाद पोखरेल, डा. डिल्लीराम खनाल, केशव बहादुर केसी र तेज प्रकाश उप्रतीको सरुवा गरेको हो । राष्ट्र बैंकको आन्तरिक नीति अनुसार निर्देशकहरुको सरुवा गरेको सह प्रवक्ता पोखरेलले बताए ।

यसअघि सूचना अधिकारी तथा सह प्रवक्ता रहेका पोखरेल आर्थिक अनुसन्धान विभागमा सरुवा भएका हुन् । विदेशी विनिमय व्यवस्थापन विभागमा काम गरिसकेका पोखरेल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयमा हुँदा उपनिर्देशक थिए । त्यसअघि उनी आर्थिक अनुसन्धान विभागमा नै थिए ।

यस्तै, आर्थिक अनुसन्धान विभागका निर्देशक डा. डिल्लीराम पोखरेल गभर्नर कार्यालयमा सरुवा भएका छन् । साथै उनलाई सूचना अधिकारी तथा सह प्रवक्ताको जिम्मेवारी दिएको राष्ट्र बैंकले बताएको छ । अर्थशास्त्रमा पीएचडी गरेका सह प्रवक्ता पोखरेल १४ वर्षदेखि आर्थिक अनुसन्धान विभागमा कार्यरत छन् । त्यसअघि उनले राष्ट्र बैंकको पोखरा कार्यालय प्रमुख भएर काम गरेका थिए ।

यस्तै, लघुवित्त संस्था सुपरिवेक्षण विभागका निर्देशक केशव बहादुर केसी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएका छन् । यस्तै, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट तेज प्रकाश उप्रेती लघुवित्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.