२०८० साउन १९ गते १८:११ विकासन्युज
काठमाडौं । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान(आईओई)ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले इन्जिनियरिङ पढाईको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए ।
उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले तीन लाख ३० हजार रूपैयाँबाट बढाएर सात लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको बिरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
त्यस्तै, थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरुको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.