२०८० साउन २६ गते ८:५९ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरपालिकाले विभिन्न पदका लागि १९ जना विषय विज्ञ मागेको हो ।
महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन आह्वान गरेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि पुनः सूचना निकालेर आह्वान गरेको हो ।
‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।
महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो । त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जनस्वास्थ्यविद्, भूगर्भशास्त्री÷भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ ।
महानगरका अनुसार यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्नेछ । इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरले भनेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.