कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  २०८० साउन ३० गते १७:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले गत बैशाख २६ गतेदेखि लिएको कक्षा १२ को परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको र नतिजा वेबसाइटमा राख्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस, युएसएसडी र आइभिआरबाट हेर्न सकिने भएको छ ।

आइभिआरबाट नतिजा थाहा पाउन ल्यान्ड लाइन फोन र मोबाइलबाट १६०० डायल गरेर प्राप्त हुने निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसबाट नतिजा थाहा पाउन मोबाइलको एसएमएस बक्समा गएर NEB< space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्छ ।

त्यस्तै युएसएसडीबाट नतिजा थाहा पाउन *1600 # डायल गरी प्राप्त निर्देशनअनुसार गर्नुपर्छ भने वेबबाट नतिजा हेर्नको लागि नेपाल टेलिकमको https://neb.ntc.net.np बेबसाइटमा जानुपर्ने हुन्छ । जहाँबाट मार्कसिटसहितको नतिजा समेत प्राप्त गर्न सकिन्छ ।

साथै राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट https://www.neb.gov.np/results मा गएर पनि नतिजा हेर्न सकिन्छ ।