विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन मिल्ने

  २०८० भदौ ७ गते १३:४१     विकासन्युज

काठमाडौं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो ।

यसअघि शैक्षिक प्रमाणपत्रमा त्रुटि भए प्रमाणपत्र पाएको ६ महिनाभित्र सच्याउन मिल्ने व्यवस्था थियो । मन्त्रिपरिषद् बैठकले ‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ पारित गरेसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्ष भित्रमा सच्याउन पाउने भएका हुन् ।

विद्यार्थीले आफ्ना बाबुआमाको नागरिकताको प्रमाणपत्रमा जात, नाम र थर सच्याएमा सो बमोजिम विद्यार्थीले आफ्नो शैक्षिक पमाणपत्रमा जात, नाम तथा थर सच्याउन सक्नेछ ।