कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

  २०८० भदौ २५ गते ७:२४     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साथै, सुवेदीले बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसमक्ष सपथ लिएका हुन् ।

साथै, यसअघि कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका मुख्य प्रबन्धक दिनेश केसीको कार्यकाल सम्पन्न भएपछि विदाई गरिएको छ ।