२०८० कार्तिक २ गते १५:५९ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेशनल हाइड्रो पावर कम्पनीको ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ । कार्त्तिक २ गते बिहीबार मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै हाइड्रोको ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.