२०८० कार्तिक ३ गते १२:५३ विकासन्युज
काठमाडौं । नेपाल प्रहरीले कर्मचारीको माग गरेको छ । नेपाल प्रहरीले ३५६ जना कर्मचारीको माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आज एक सुचना प्रकाशित गरी ३ सय ५६ जना कर्मचारी माग गरेको जानकारी दिएको छ यसमध्ये प्रहरी निरिक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जनालाई जागिर खुलाएको हो ।
कार्यालयकाअनुसार प्रहरी निरिक्षक पदमा ५२ जना खुल्ला, २ जना अमर वा अशक्त प्रहरी परिवार, महिला ९ जना, १२ जना आदिवासी जनजाती, १३ जना मधेशी, ६ जना दलित र २ जना पिडछिएको क्षेत्र गरि ९६ जनालाई जागिर खुलाईएको हो । त्यस्तै, प्रहरी सहायक निरिक्षकमा १४० जना खुल्ला, ५ जना अमर वा अशक्त प्रहरी परिवार, २३ जना महिला, ३६ जना आदिवासी जनजाति ३३ जना मधेशी, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्र गरि कुल २६० जनालाई रोजगारी खुलाईएको छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।
कार्यालयकाअनुसार कात्तिक १९ गतेदेखि कात्तिक कात्तिक २९ गतेसम्म् प्रहरी निरिक्षक पदको हकमा अनलाईन प्रणालीमार्फत र प्रहरी सहायक निरिक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । नेपाल प्रहरीका विभिन्न कार्यालयबाट दरखास्त फारम लिन सकिने कार्यालयले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.