२०८० कार्तिक १२ गते ११:१६ विकासन्युज
एजेन्सी । इजरायलको निरन्तर आक्रमणपछि अस्तव्यस्त बन्न पुगेको प्यालेस्टाइनको गाजापट्टी क्षेत्र इन्टरनेट पहुँचबाट बाहिर पुगेको छ । मानवीय राहतको विषयलाई लिएर एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत सो क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउने बताएका छन् ।
एलन मस्कको उक्त घोषणालाई लिएर इजरायलले भने विरोध जनाउँदै लड्नका लागि सबै साधनको प्रयोग गर्ने जनाएको छ । इजरायलका सञ्चार मन्त्री स्लोमो करहीले एलन मस्कले उपलब्ध गराउने इन्टरनेट हमासले प्रयोग गर्ने बताएका छन् ।
Starlink will support connectivity to internationally recognized aid organizations in Gaza.
[ComStar]
— Elon Musk (@elonmusk) October 28, 2023
Copyright © 2025 Bikash Media Pvt. Ltd.