२०८० कार्तिक १९ गते १७:०३ विकासन्युज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै, बोनस सेयर वितरणपश्चात् हुन आउने पुँजीमा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.