स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

  २०८० कार्तिक २६ गते ९:०९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिरमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ६.०५ प्रतिशत ब्याज दिनेछ । यसअघि कात्तिकमा बैंकले ४.२५ प्रतिशतदेखि ५.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.