२०८० कार्तिक २९ गते १२:५६ विकासन्युज
एजेन्सी । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो । दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ ।
दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो । दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको छ । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिब्र रुपमा बढेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.