२०८० मंसिर ३ गते १८:३९ विकासन्युज
एजेन्सी । भारतको अर्थतन्त्रमा ऐतिहासिक वृद्धि भएकाे छ । भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४० खर्ब भारतीय रुपैयाँ नाघेकाे छ ।
रिपोर्टका अनुसार पहिलोपटक भारतीय अर्थतन्त्र चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने नजिक पुगेको छ । आर्थिक वर्ष २०२३/२४ को पहिलो त्रैमासिकमा भारतको जीडीपी ७.८ प्रतिशतले बढेको थियो ।
भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले देशको अर्थतन्त्र सुधारोन्मुख हुनेमा आफू विश्वस्त भएकाे बताएका थिए । भारतको अर्थतन्त्र ४० खर्ब नाघेसँगै चौथो ठूलो जीडीपी भएको देशको लाइनमा देखिएको छ ।
हाल अमेरिका पहिलो, चीन दोस्रो, जर्मनी तेस्रो र जापान चौथो ठूलो अर्थतन्त्र भएको देशको रूपमा परिचित छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.