२०८० मंसिर ६ गते १०:४१ विकासन्युज
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जीवन खनाल नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुला प्रतिष्पर्धाबाट लघुवित्तको छनोट भएका खनाल आगामी ४ वर्षका सीईओमा नियुक्त भएका हुन् । नवनियुक्त सीईओ खनालले आज मंसिर ५ गतेदेखि पदभार ग्रहण गर्ने कम्पनी सचिव सुमन श्रेष्ठले जानकारी दिए ।
यसअघि स्वस्तिक लघुवित्तको सीईओ समेत भएर काम गरेका खनाल सानिमा रिलायन्लास लाइफमा आवद्ध भएका थिए ।
तत्कालीन स्वावलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि एसिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त (हाल हिमालयन लघुवित्त), स्वदेशी लघुवित्त गरी लघुवित्त क्षेत्रमा करिब २ दशक काम गरेको अनुभव छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.