कुमारी बैंकको ‘गज्जबको बचत’ खाता : उच्च ब्याजसहित स्वास्थ्य बीमा सुविधा

  २०८० मंसिर ६ गते १०:०३     विकासन्युज

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको परिमार्जित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा र निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावाला सहभागी हुन सक्नेछन् । यो योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री र समय सान्दर्भिक बनाउँदै लैजाने विश्वास लिएको छ ।

बैंकले देशभरका ३०९ शाखा कार्यालय, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.