२०८० मंसिर १५ गते ९:४६ विकासन्युज
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको हो ।
निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो ।
जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियन लगायतका पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.