एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक मास्केले दिइन् राजीनामा
२०८० मंसिर १८ गते १६:२२ विकासन्युज
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सजल मास्केले राजीनामा दिएकी छिन् । कम्पनीको सञ्चालक समितिको सञ्चालक मास्केले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुन् ।
उनको राजीनामालाई मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।