२०८० मंसिर १९ गते १७:११ विकासन्युज
काठमाडौं । टिकटकले नेपालमा दर्ताका लागि पत्राचार गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले औपचारिक रुपमै दर्ता हुन इमेलमार्फत पत्राचार गरेको हो ।
सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यता टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.