२०८० मंसिर २४ गते १६:१८ विकासन्युज
काठमाडौं । एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले गत महिना भारतमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो ।
एप्पलका आपूर्तिकर्ता कम्पनीहरूले भारतमा उत्पादन–लिंक इन्सेन्टिभ योजनाअन्तर्गत प्राप्त अनुदानमा उत्पादन क्षमता बढाउँदैछन् । वाल स्ट्रीट जर्नलका अनुसार कर्नाटकमा फक्सकनको कारखानाले अप्रिलमा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ ।
वार्षिक २ करोड मोबाइल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमा प्रायजसो आइफोनहरू उत्पादन हुनेछन् । कम्पनीले दोस्रो कारखाना पनि स्थापना गर्ने तयारी गरिरहेको छ । एप्पलले गत आर्थिक वर्षमा भारतमा ५ खर्ब ८० अर्ब रपैयाँभन्दा बढी मूल्यका आइफोनहरू एसेम्बल गरेको थियो ।
तमिलनाडुमा पनि आईफोन बनाउने टाटाको योजना
टाटा समूहले तमिलनाडुमा पनि आइफोन निर्माण गर्ने योजना बनाएको छ । दुई वर्षमा २० वटा एसेम्बली लाइन र ५० हजार कर्मचारी हुनेछन् ।
उक्त समूहले आइफोन बनाउन कर्नाटकमा विस्ट्रोनको कारखाना खरिद गरिसकेको छ । टाटाले देशको सबैभन्दा ठूलो आइफोन एसेम्बली प्लान्ट निर्माण गर्न एप्पलको महत्वाकांक्षालाई ट्याप गर्ने योजना बनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.