२०८० मंसिर २८ गते १२:२९ विकासन्युज
काठमाडौं । फोनपेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष जोशी विगत दुई वर्षदेखि फोन पेमा सञ्चालकको रुपमा आवद्ध थिए ।
यसअघिका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष पदमा नियुक्त भएका हुन् । जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन् । करिब दुई दशकभन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुन्थ्यो ।
फोनपेको अध्यक्षको पदभार सम्हाल्दै उनले फोनपेमा नयाँ अनुभव हुने बताए । अध्यक्षको रुपमा आफुले फोनपेलाई थप सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास उनले दिलाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.