कामना सेवाको सीबीओमा दिपेन्द्र सुवेदी नियुक्त, बैंकिङ क्षेत्रमा १७ वर्षको अनुभव

  २०८० मंसिर २९ गते १७:४८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) मा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । नवनियुक्त सीबीओ सुवेदीले शुक्रबार आफ्नो पदबहाली गरेका छन् ।

करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदी कामना सेवामा जानुअघि सांग्रिला डेभलपमेण्ट बैंकमा कार्यरत थिए ।

सुवेदीको नियुक्तिले बैंकको व्यवसाय वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ ।

उक्त स्वागत तथा पदबहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकले हाल १३५ वटा सञ्जाल, ७७ वटा एटीएमबाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।