२०८० पुष ४ गते ११:५० विकासन्युज
काठमाडौं । शिवम् सिमेन्टले आगामी पुस २७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ९ बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको हो ।
सभामा कम्पनीले लाभांश प्रस्ताव लैजाँदै छ । जसअनुसार सभाले कम्पनीको १४.२७ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ ।
उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित उक्त लाभांश पारित भएपछि पाउने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.