८ हजार तलब बुझ्ने नितिन अहिले कमाउँछन् वार्षिक ७२ करोड

  २०८० पुष ६ गते १०:५१     विकासन्युज

काठमाडौं । केही वर्ष पहिले ८ हजार भारुको जागिरबाट आफ्नो करियर सुरु गरेका नितिन कामत अब कम्पनीको कुल सम्पत्तिको हिसाबले मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् ।

नितिनले जिममा भेटेका एक गैरआवासीय भारतीय (एनआरआई) को खाता ह्यान्डल गरेर उद्यमशीलता सुरु गरे । ती एनआरआई नितिनका पहिलो ग्राहक बने । यही अवसरबाट उत्साहित नितिनले जागिर छाडेर जेरोधा सुरु गरे ।

ग्राहक संख्याका हिसाबले देशकै सबैभन्दा ठूलो ब्रोकरेज फर्म जेरोधालाई नितिन र उनका भाइ निखिल कामतलगायत पाँचजनाले मिलेर स्थापना गरेका हुन् ।

जेरोधा कम्पनीको फाइलिङ र कर्पोरेट मामिला मन्त्रालयलाई दिएको जानकारीअनुसार नितिन र निखिल कामतले सन् २०२३ मा ७२ करोड भारु तलब लिएका छन् । २०२२ मा जेरोधाले २० अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो र यसको राजस्व आम्दानी ५० अर्बबराबर थियो।

नितिन भारतकै कान्छा अर्बपतिको सूचीमा परेका छन् र अब मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनको करियर यात्रा प्रतिमहिना ८ हजारमा कल सेन्टरको जागिरबाट सुरु भएको थियो ।

जेरोधाको सफलतालाई भारतको युनिकर्न बूमको अनुपम उदाहरणका रूपमा हेर्न सकिन्छ। नितिनले १७ वर्षको उमेरमा सेयर बजारमा कारोबार सुरु गरेका थिए । त्यतिबेला उनीहरू कल सेन्टरमा सँगै काम गर्थे ।

नितिनले कम्तीमा १२ ब्रोकरेज फर्ममा काम गरे । यसैबीच उनले सेयर बजार कारोबारमा धेरै ठाउँमा ठूलो खाडल रहेको र यो खाडललाई आफ्नो अनलाइन ब्रोकरेज सेवाबाट पूर्ति गरेर सफलताको मौका मिल्ने बताए ।

सन् २०११ मा इकोनोमिक टाइम्समा एउटा लेख प्रकाशित गरेपछि विश्वले नितिन कामतलाई याद गर्यो । जेरोधाको व्यापार मोडेल कम मार्जिन र उच्च मात्रामा आधारित छ, जसको परिणाम सम्पत्ति वितरण लगानीका लागि कुनै शुल्क र अन्य ट्रेडहरूका लागि नाममात्र शुल्क छैन ।

आईआईटी र आईआईएमका प्रतिभाशाली विद्यार्थीहरूलाई भर्ती गर्नुको सट्टा कामत बन्धुले विभिन्न पृष्ठभूमिका युवाहरूलाई भर्ती गर्न थाले। कामतलाई फरक तरिकाले काम गरेर जीवनमा सहजै सफलता मिल्ने विश्वास छ । एजेन्सीको सहयोगमा