२०८० पुष १८ गते १३:२५ विकासन्युज
काठमाडाैं । भारतीय केन्द्र सरकारले १६औं वित्त आयोग गठनको घोषणा गरेको छ । जसका लागि सन्दर्भ सर्तहरू स्वीकृत गरिएको थियो । योसँगै वित्त आयोगको अध्यक्षको नाम पनि घोषणा गरिएको छ ।
केन्द्र सरकारले अरविन्द पनगरियालाई कमाण्ड दिएको छ । यसबाहेक अर्थ मन्त्रालयमा सहसचिव रहेका ऋत्विक रञ्जनम पाण्डेलाई आयोगको सचिव बनाइएको छ ।
अक्टोबर २०२५ मा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने विश्वास छ । १६औं वित्त आयोगले आगामी ५ वर्षका लागि २०२६ अप्रिल १ गतेदेखि सिफारिस गर्नेछ ।
को हुन अरविन्द पनगरिया ?
मोदी सरकारले १६औं वित्त आयोगको कमाण्ड सन् १९५२ मा जन्मिएका नीति आयोगका पूर्वउपाध्यक्ष अरविन्द पनगरियाको हातमा सुम्पेको छ । उनी कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । जसले एसियाली विकास बैंकको प्रमुख अर्थशास्त्रीका साथै धेरै ठूला र महत्वपूर्ण पदमा काम गरिसकेका छन् ।
अरविन्दले विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा उच्च पदमा काम गरिसकेका छन् । उनले सेबीको सदस्यका रूपमा पनि काम गरिसकेका छन् ।
यस्तै पनागरियाले इन्डियन काउन्सिल फर रिसर्च एण्ड इन्टरनेशनल इकोनोमिक रिलेसनको बोर्ड अफ गभर्नर्समा पनि काम गरिसकेका छन्। एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.