२०८० पुष २० गते १६:५६ विकासन्युज
काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।
यस संस्थाको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो ।
उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.