अमेरिकाको ऋण पुग्यो ३४ हजार अर्ब डलर

  २०८० पुष २१ गते ११:४१     विकासन्युज

काठमाडौं । पाकिस्तानको गरिबीबारे सबैलाई थाहा छ। आफ्ना गल्तीका कारण पाकिस्तान ऋणको बोझमा डुबेको छ । तर, के तपाईंलाई थाहा छ पाकिस्तान मात्रै होइन, विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक ‘सुपरपावर’ अमेरिका पनि ऋणको बोझले दबिएको छ ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । अमेरिकाले तिर्नुपर्ने ऋण रकमले पाकिस्तान गरिबीबाट बाहिर निस्किन र देशको मुहार बदल्न सक्छ ।

अमेरिका यस्तो देश हो जसले अरू देशलाई ऋण दिन्छ । तर, त्यहाँका हरेक नागरिक ऋणको बोझले थिचिएका छन् । अमेरिकाका अगाडि धेरै देश झुकेका छन्, तर पनि उनीहरूको ऋण ३४ हजार अर्ब डलर पुगेको छ ।

अमेरिकामा धेरै वर्षदेखि ऋण थियो जुन निरन्तर बढ्दै गएको छ । यो समयमा ऋण रेकर्ड उच्चस्तरमा पुगेको छ ।

विश्व महाशक्ति अमेरिका अरूलाई ऋण दिँदा आफैं ऋणको जालमा फसेको छ । कोरोना भाइरस महामारीपछि अमेरिकाको ऋणको बोझ झनै बढेको छ । हालै अमेरिकी वित्त विभागले एक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा ऋण रकम ३४ हजार अर्ब डलर पुगेको उल्लेख छ । यस्तो कर्जाले आर्थिक तनाव बढाउने पनि बताइएको छ । यसबाट सरकारको काम प्रभावित हुनेछ ।

पछिल्लो तीन वर्षमा अमेरिकाको ऋण १ सय खर्ब डलरले बढेको छ । अमेरिकाले ऋणको ब्याज दैनिक १ अर्ब ८ करोड डलर ब्याज मात्रै तिर्नुपर्छ । कुल ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को १ सय २३ प्रतिशत पुगेको छ ।

यसअघि सन् २०२० मा अमेरिकाले आफ्नो ऋणमा दैनिक ९० करोड डलरमात्र ब्याज तिर्नुपर्ने थियो । तर, अहिले दैनिक ब्याज भुक्तानी १ अर्ब ८ करोड डलर पुगेको छ । यदि यो गतिमा ऋण बढिरह्यो भने केही वर्षमा अमेरिकाको ऋण यसको अर्थतन्त्रको दोब्बर हुनेछ । एजेन्सी