कम्बोडियाले एक वर्षमा कृषि उत्पादन निर्यातबाट ४.३ बिलियन अमेरिकी डलर कमायो

  २०८० पुष २६ गते १०:१५     विकासन्युज

काठमाडौं । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रहरूमा झन्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनले जनाएको छ ।

निकासीका प्रमुख कृषि वस्तुहरूमा चामल, रबर, आँप, केरा, मरिच, काजू, मकै, पाम तेललगायत पर्छन् । चीन, भियतनाम र थाइल्याण्ड कम्बोडियाका कृषि वस्तुका प्रमुख आयातकर्ता हुन् । इ–कमर्स प्लेटफर्म एग्रीबी (कम्बोडिया) का अध्यक्ष माक चामरोउनले चीन कम्बोडियन कृषि उत्पादनको प्रमुख क्रेता भएको बताए ।

कपडा निर्यात, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने चार स्तम्भमध्ये कृषि एक हो ।