अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर

  २०८० पुष २७ गते १०:४८     विकासन्युज

काठमाडौं । टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ ।

स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०.०१ लीरामा कारोबार भएको थियो । टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाएको छ र २०२४ को पहिलो १० दिनमा डलरको तुलनामा १.६ प्रतिशतले अवमूल्यन भएको छ ।