डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त

  २०८० पुष २८ गते २१:१४     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा पुनः शेषरमण आचार्य नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले आचार्यलाई संस्थाको सीईओ पुनः नियुक्त गरेको हो ।

लघुवित्तले सीईओ आचार्यलाई आगामी ४ वर्षका लागि सीईओमा दोहोर्याएको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।