२०८० पुष २९ गते १०:५१ विकासन्युज
काठमाडौं । । समृद्धि फाइनान्स कम्पनीले २२औँ साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समूहबाट निर्वाचित भएका हुन् ।
सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्नुका साथै आ.व.२०८०/८१ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरूमा छलफलसहित पारित गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.