२०८० पुष २९ गते १३:५० विकासन्युज
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिको सञ्चालकमा ५ जनालाई निर्वाचित गरेको हो ।
कम्पनीको अध्यक्षमा मोहनदाश मानन्धर निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर, प्रकृति श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा राजु शाक्य नियुक्त भएका छन् ।
सञ्चालक प्रकृति श्रेष्ठ उर्जा डेभलपर्सको प्रतिनिधी हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.