२०८० पुष २९ गते १८:०५ विकासन्युज
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश पारित भएको छ ।
आइतबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार बढी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
प्रस्तावित लाभांश पारितसँगै संस्थाको चुक्ता पुँजी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.